लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो साधारण सभा, मर्जरका लागि पार्टनर खोजेको हो ?

काठमाडौं । लाभांश पारित गर्न डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी पुस २६ गते वार्षिक साधारण सभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित हुनेछ ।
यो वर्ष कम्पनीले ९.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सोही प्रस्ताव साधारण सभामा पारित हुनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ ।
यसका साथै संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन पनि गर्ने छ । यस्तै, सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु परित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।