आरएसडीसी लघुवित्तले डाक्यो साधारण सभा, १० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ।
लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित कम्पनीले आगामी पुस २९ गते साधारण सभा बोलाएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सो प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, चालु आव २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरु पारित गर्नेछ ।
यस्तै, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
यसका साथै संस्थापक सेयरधनीको समूह तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको समूह तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।
यता, कम्पनीले सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने भएको छ ।