लाभांश नदिने लघुवित्तको सूची थपिँदै: १७ वटाले मात्र बनाए सेयरधनी खुशी, २१ वटाको घोषणा हुन बाँकी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतमध्ये झन्डै झन्डै २ दर्जन लघुवित्त कम्पनीहरुको लाभांश घोषणा छन् ।
हालसम्म आइपुग्दा सूचीकृत ५० कम्पनीमध्ये २९ वटाले मात्रै लाभांश घोषणा छन् । लाभांश घोषणा गरेका मध्ये पनि १७ वटाले मात्रै आफ्ना सेयरधनीलाई खुशी बनाएका छन् ।
तर, १२ वटा कम्पनीहरुले भने यो वर्ष कुनै पनि लाभांश नदिने भएका छन् ।
गत आर्थिक वर्षको मुनाफाबाट आरम्भ लघुवित्त, धौलागिरी, ग्लोबल आइएमई, गणपति, हिमालयन, इन्फिनिटी, लक्ष्मी, निर्धन उत्थान, युनिक नेपाल, उन्नती सहकार्य, विजय, विन नेपाल कुनै पनि लाभांश नबाँड्ने भएका छन् । यी बाहेकका अन्य १७ वटा कम्पनीले भने आफ्नो हैसियत अनुसार लाभांश घोषणा गरेका छन् ।
हालसम्म ७ वटा कम्पनीले १५–१५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । आशा लघुवित्त, छिमेक, गुराँस, मिथिला, नेष्डो समृद्धि, नेशनल, स्वावलम्बन लघुवित्तले सो दरमा लाभांश दिने भएका हुन् ।
यस्तै, जीवन विकास लघुवित्तले १४.७४ प्रतिशत, सपोर्टले १४.५ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्स र साना किसानले १४–१४ प्रतिशत लाभांश दिने भएका छन् । यता, कालिका लघुवित्तले पनि यो वर्ष १०.७५ प्रतिशत, डिप्रोक्सले १०.५ प्रतिशत, आरएसडीसीले १० प्रतिशत लाभांश दिने भएको हो ।
यी बाहेकका दुई कम्पनीको लाभांश दर एकल अंकमा छ । मेरो माइक्राइनान्सले यो वर्ष ७.८९४७ प्रतिशत र सूर्योदय वोमीले ७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हुन् ।
यी हुन् लाभांश घोषणा हुन् बाँकी लघुवित्त कम्पनीहरु
सूचीकृत मध्ये २१ वटा लघुवित्तको लाभांश घोषणा हुन् बाँकी छ । आत्मनिर्भर लघुवित्त, अभियान, सीवाइसी नेपाल, ग्रामिण विकास, अभियान, जनउत्थान, मातृभूमि, मानुषी, महिला, महुली लघुवित्तको लाभांश घोषणा हुन् बाँकी छ ।
यस्तै, नाडेप लघुवित्त, एनआइसी एशिया, एनएमबि, नेरुडे, समाज, सृजनशील, स्वरोजगर, समाता घरेलु, स्वाभिमान, सम्पदा र उपकार लघुवित्तले लाभांश घोषणा गर्न बाँकी छ ।