महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, साढे ४७ हजारले मात्रै पाउने, १७ लाख बढीको हात खाली « Arthapath.com
१८ पुष २०८१, बिहीबार

महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, साढे ४७ हजारले मात्रै पाउने, १७ लाख बढीको हात खाली



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँटका लागि मिति तय भएको छ ।

कम्पनीले भोलि अर्थात् पुस १९ गते शुक्रबार बाँडफाँट हुने भएको छ हो ।

शुक्रबार बिहान १०.३० बजे नयाँ बानेश्वर काठमाडौंमा कम्पनीको एफपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल जानकारी दिएको छ ।

लघुवित्तको एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले आवेदन दिएका छन् । कम्पनीको एफपिओमा कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको एफपिओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुने छ । कुल आवेदक मध्ये १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुने भएको छ भने ४७ हजार ५४५ जनाले मात्र लघुवित्तको सेयर प्राप्त गर्नेछ ।

कम्पनीले गत पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्