स्वावलम्बन लघुवित्तको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ? « Arthapath.com
१६ माघ २०८१, बुधबार

स्वावलम्बन लघुवित्तको नाफा बढ्दा अन्य सूचक कस्ता छन् ?



काठमाडौं । स्वावलम्बन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ८० करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म संस्थाले ६६ करोड ६६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । संस्थालको कर्मचारी खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ७३ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि खर्च गरेको संस्थाले समीक्षा अवधसिम्म ४१ करोड ३२ लाख खर्च गरेको छ ।

संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३२ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।

संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ ।

संस्थाको खराब कर्जा अनुपात समेत घटेको छ । अघिल्लो आवसम्म ११.३६ रुपैयाँ रहेको खराब कर्जा अनुपात ८.२८ प्रतिशतमा खुम्चिएको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २७७.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८९.०३ गुणा र तरलता अनुपात ५.६१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्