लक्ष्मी लघुवित्तले कमायो १ करोड ७५ लाख नाफा, वितरणयोग्य नाफा र इपिएस कति ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ६ महिनामा डेढ करोड बढी खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १ करोड ७५ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यद्यपि, यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १८.२७ प्रतिशत कमी हो । गत आवको सो अवधमिा कम्पनीले २ करोड १५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तर, कम्पनीको खुद ब्याज आम्दानी भने १०.२२ प्रतिशत वृद्धि भई १८ करोड ७२ लाख रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको संचालन नाफा २ करोड ३८ लाख ४९ हजार र कुल संचालन आम्दानी २२ करोड १३ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
६ महिनामै कम्पनीको वितरणयोग्य नाफा १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । यता, कम्पनीले खराब कर्जा अनुपात पनि घटाएको छ । गत वर्षको दोस्रो त्रैमासमा ९.६७ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेर ८.४७ प्रतिशतमा झारेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ७.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.९४ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख छ । कम्पनीले जगेडा कोषमा भने २५ करोड ६ लाख रुपैयाँ राखेको छ ।