मेरो माइक्रोफाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण « Arthapath.com
३० माघ २०८१, बुधबार

मेरो माइक्रोफाइनान्सद्वारा प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु दिएको छ। उक्त बोर्डहरु ट्राफिक प्रहरी वृत्त स्वयम्भूका प्रमुख दिवाकर महतले विभिन्न ठाउँहरूमा राखिने र यसले जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको बताए ।

सवारीसाधनहरु व्यस्त रोडमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने र सवारी साधाहरुले ओभरटेक गर्ने दौरानमा बाटो क्रस गरिरहेका मानिसहरुलाई वास्ता नगर्नाले अनेकौँ दुर्घटनाहरू बढिरहेकोले ट्राफिक संकेत प्रदान गर्नु परेको संस्थाले जनाएको छ ।

मेरो माइक्रोफाइनान्स लघुवित्त ७ प्रदेशका ६४ जिल्लामा १४९ शाखा कार्यालयहरु मार्फत लघुबित्त सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्