स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । स्वावलम्बन लघुवित्त साफेवगर शाखाको आयोजनामा साफेवगर नगरपालिका ३ हाटवजारमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्य क्षेत्रमा रहेका अछाम जिल्लाका साफेवगर नगरपालिका, चौरपाटी गाउपालिका,मेल्लेख गाउपालिका,बान्निगढी जयगढ गाउपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा गठन भएका केन्द्रहरूका केन्द्र प्रमुख तथा अभिभावकहरू गरी करिब ९० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बान्निगढी जयगढ गाउपालिकाका प्रमुख श्री टेक बहादुर साउदले लघुवित्तले ग्रामिण भेगमा रहेको महिला तथा विपन्नवर्ग लाई फजुल खर्च गर्न रोकी वचत गराउने तथा बिना धितो कर्जा सरल र सहज तरिकाले उपलव्ध गराएकोमा प्रशंसा गर्दै स्वाबलम्बनले गर्ने रचनात्मक कार्यमा सधै सहयोग गर्ने बताए ।

यसैगरी, साफेगर नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर र मेल्लेख गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम बहादुर महरले कार्याक्रम लागु गर्दा वित्तिय साक्षरता प्रदान गर्ने तथा ग्राहक सदस्यहरुलाई अरुको देखासिकीमा नलागी लिएको कर्जा सहि उद्देश्यमा लगानी गरि उद्यमी बन्न सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस्