फर्स्ट माइक्रोफाइनान्सको २ लाख बढी कित्ता सेयर बिक्रीमा « Arthapath.com
११ फाल्गुन २०८१, आईतवार

फर्स्ट माइक्रोफाइनान्सको २ लाख बढी कित्ता सेयर बिक्रीमा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले २ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । संस्थाले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा संस्थाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (फागुन ११ गते) देखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्