नेरुडे मिर्मिरे लघुवित्त फिदिम शाखाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी « Arthapath.com
२८ फाल्गुन २०८१, बुधबार

नेरुडे मिर्मिरे लघुवित्त फिदिम शाखाको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी



पाँचथर । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिदिम, पाँचथरले एक दिने ’वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा वित्तीय साक्षरताको आवश्यकता तथा महत्व, कर्जा व्यवस्थापन, बीमा तथा वित्तीय अनुशासनसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले बचतको महत्व, कर्जा अनुशासन तथा कर्जाको सहि सदुपयोगबारे प्रकाश पारेका थिए । उनले कर्जा दुरुपयोग हुँदा हुन सक्ने कानुनी कार्यवाही तथा समस्याका बारेमा जानकारी गराएका थियो ।

कार्यक्रममा शाखा प्रमुख रमेश खनालले संस्थाले प्रदान गर्ने सेवा सुविधाबारे विस्तृत जानकारी गराएका थिए ।

साथै, गत असोज महिनामा अविरल वर्षाका कारण पहिरोमा परी निधन भएकी पाँचथर जिल्ला फिदिम नगरपालिका–२ मजिटे निवासी देबिभक्त राईकी श्रीमती रञ्जना राईको परिवारजन तथा आफन्तलाई ग्रामीण कर्जा बीमा बापतको रु १० लाख १० हजार बीमा दाबी रकम समेत वितरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्