विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, १९ लाख बढी आवेदकको हात खाली « Arthapath.com
१८ असार २०८२, बुधबार

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट, १९ लाख बढी आवेदकको हात खाली



काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तले गत चैत २१ गतेदेखि २६ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको एफपीओ आज बाँडफाँट गरेको हो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। कम्पनीको आईपीओमा कुल १९ लाख २३ हजार ४९० आवेदन मार्फत २ करोड २१ लाख ७६ हजार ८४० कित्ता माग भएको थियो । जसमध्ये २ हजार ५२३ आवेदन रद्द भएका छन् भने १९ लाख २० हजार ९३९ आवेदन स्वीकृत भएका छन्।

गोलाप्रथामार्फत गरीएको बाँडफाँटमा कुल ५ हजार १२९ आवेदकले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। बाँकी रहेको २.५० कित्ता सेयर सोही ५ हजार १२९ आवेदकमध्ये तीन जनालाई बाँडफाँट गरिएको छ। यस अनुसार २ जना आवेदकले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने एक जनाले १०.५० कित्ता प्राप्त गरेका छन्।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५१ लाख २९ हजार २५० रुपयाँबराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गरेको थियो। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई क्यापिटल रहेको छ।


प्रतिक्रिया दिनुहोस्