मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा बाँकेमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

मेरोमाइक्रोफाइनान्स लघुवित्तद्वारा बाँकेमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण सम्पन्न



काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्तले फिल्डमा कार्य गर्ने कर्मचारीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण तालिम बाँकेमा सम्पन्न गरेको छ। संस्थाले प्रदेश लुम्बिनी, कर्णाली र सुदुर पश्चिमअन्तर्गत फिल्डमा कार्य गर्ने ८६ जना कर्मचारीहरुलाई २ दिने प्रशिक्षण दिइएको हो ।

तालिमको समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुको सुझाब तथा गुनासो सम्बोधन गर्नु हुदै वर्तमान अवस्थामा फिल्डमा कर्मचारीहरुको असिमित तनाव चरम उत्कर्षमा रहेको तथा सम्भावित जोखिमहरूलाई सहज र दिगो ढंगले व्यवस्थापन गर्न यस तालिमले सहयोग पुग्ने विश्वास लिइएको बताए ।

सो तालिम अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्ट, श्रवणकुमार सपोर्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, संस्थाका तालिम बिभाग प्रमुख उमेश मान डंगोलले सहजीकरण गरेका थिए । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको पनि उपस्थिति रहेको थियो ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले देशभरका आफ्ना कर्मचारीहरुलाई दक्ष र कार्य सम्पादनमा सहयोग पुगोस् भनेर बैशाख महिनाभर विभिन्न स्थानमा तालिम दिइरहेको संस्थाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्