किन्ने होइन त फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता सेयर ?

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले साढे ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आफ्नो केही संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ७ दिनभित्र दिनुपर्नेछ ।
यसअघि कम्पनीले विद्यमान संस्थापकलाई प्राथमिकतामा राखी ३५ दिने सूचना जारी गरेको थियो । तर, तोकिएको उक्त अवधिमा आवेदन नपरेपछि जो कोही पनि खरिद गर्न सक्नेगरि बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री मूल्य भने तोकिएको छैनन् ।