गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा « Arthapath.com
६ बैशाख २०७९, मंगलवार

गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको थियो भने आज मंगलबारका लागि रिटको पेशी तोकिएको थियो ।

सरकारले आफूलाई गैरकानुनी रुपमा निलम्बन गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । आइतबार सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत गएका थिए ।

अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । आइतबार गभर्नर अधिकारीका वकिलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषद बैठकले गत चैत २४ गते गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएपछि अधिकारी गभर्नर पदबाट निलम्बनमा छन् । भण्डारीको नेतृत्वमा बनेको समितिमा डो सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन् ।

उनको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको हो ।


प्रतिक्रिया दिनुहोस्