लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न सबै लघुवित्तहरुलाई राष्ट्र बैंकको निर्देशन !

काठमाडौं । अब लघुवित्तले साधारण सभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्नुपर्ने भएको छ ।
एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकले सम्पूर्ण लघुवित्तलाई यस्तो निर्देशन दिइएको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षक्षण विभागले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थाहरूलाई साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति माग गर्दा राष्ट्र बैंकबाट फागुन १० गते जारी गरिएको परिपत्रबमोजिम हुने गरी मात्र लाभांश प्रस्तावसहितको वित्तीय विवरण पेश गर्न अनुरोध गरेको हो ।
सो परिपत्र अनुसार अब लघुवित्तले वार्षिक १५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गर्न पाउने भएका छन् । तर, १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांश ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
यसअघि लघुवित्त कम्पनीले २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको थियो ।
के–के छन् फागुन १० गते राष्ट्र बैंकले जारी गरेको परिपत्रमा ?