मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, सरोकारवालासँग माग्यो राय सुझाव « Arthapath.com
२५ असार २०८२, बुधबार

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक, सरोकारवालासँग माग्यो राय सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेको छ ।

सोमबार सूचना जारी गर्दै सरोकारवालासँग राय सुझाव मागेको हो । राष्ट्र बैंकले असार १० गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ । प्राप्त सुझावलाई समेत प्राथमिकतामा राखेर केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्