तलब वृद्धिसहित पुनः राष्ट्र बैंकले माग्यो कर्मचारी « Arthapath.com
२४ असार २०८२, मंगलबार

तलब वृद्धिसहित पुनः राष्ट्र बैंकले माग्यो कर्मचारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै समस्याग्रस्त सुपर लघुवित्तको लागि संयोजक र सदस्य पदमा कर्मचारी माग गरेको हो । कम्पनीले यस अघि पनि दुई पटक सूचना प्रकाशित गरेरमा कुनै पनि आवेदन पर्ने सकेको छैन ।

संयोजक पदको लागि उम्मेदवारीले चार्टट एकाउन्टेन्सी बा व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । बैक तथा वित्तीय संस्था वा लेखासम्वन्धी कार्यमा न्युनतम ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

सदस्य पदको लागि चार्टट एकाउन्टेन्सी बा व्यवस्थापन, बैंकिङ, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा गणित, व्यापार, प्रशासन वा कानुन विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । त्यस्तै बैक तथा वित्तीय संस्था वा लेखासम्वन्धी कार्यमा न्युनतम ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ ।

कम्पनीको मासिक तलब संयोजक पदको लागि १ लाख ९० हजार र सदस्यको लागि १ लाख ५० हजार रहेको छ । जुन यस अघि सूचना प्रकाशित गरेको भन्दा बढी हो । योग्यता पुगेका इच्छुक ब्याक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन ३ गते सम्म कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्