राष्ट्र बैंकले प्रचलनमा ल्यायो २० रुपैयाँ दरको नयाँ नोट « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

राष्ट्र बैंकले प्रचलनमा ल्यायो २० रुपैयाँ दरको नयाँ नोट



काठमाडौँ । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । साबिककै आकार तथा रङमा संकेत नम्बर ठ–८७ ०००००१ देखि त–१८ ९९९९९९ सम्मका २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको हो ।

जसमा बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको छाप रहेको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ र मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ ।


प्रतिक्रिया दिनुहोस्