भूकम्प पीडितहरूलाई राष्ट्र बैङ्कको मलम: पुनर्निर्माण कर्जामा बैङ्कहरूले २ प्रतिशत बढी प्रिमियम लिन नपाउने « Arthapath.com
२३ असार २०८२, सोमबार

भूकम्प पीडितहरूलाई राष्ट्र बैङ्कको मलम: पुनर्निर्माण कर्जामा बैङ्कहरूले २ प्रतिशत बढी प्रिमियम लिन नपाउने



काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएका घर परिवारले पुननिर्माणका लागि बैंकबाट सहुलियत ऋण पाउने भएका छन् । 

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै भूकम्प पीडितलाई पुनर्निर्माणमा सहुलियत प्रदान गरेको हो । 

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरूको पुनर्निर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रूपमा सूचीकरण गरेका परिवारलाई बैङ्क तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिन सक्ने छन् । राष्ट्र बैङ्कले सो बराबरको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिएको छ।  

उक्त  प्रयोजनको लागि साबिकको कर्जा–धितो अनुपातमा बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ। 

यस्तै, गत कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने छ ।


प्रतिक्रिया दिनुहोस्