आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेको छ । केन्द्रिय बैंक आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिको तयारी थालेको हो ।
आइतबार सूचना जारी गर्दै सरोकारवालासँग राय सुझाव मागेको हो । राष्ट्र बैंकले असार १६ गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ ।
प्राप्त सुझावलाई समेत प्राथमिकतामा राखेर केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम केन्द्रिय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गदैृ आएको छ ।