यथाशिघ्र भुक्तानी लिन बचतपत्र धनीहरूलाई राष्ट्र बैंकको अनुरोध

काठमाडौं । बचतपत्र धनीहरुलाई भुक्तानी लिनका लागि नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ। बिहीबार एक सूचना जारी गर्दै यथाशीघ्र भुक्तानी लिन बचत पत्र धनीहरूलाई अनुरोध गरेको हो ।
सरकारको तर्फबाट केन्द्रीय बैङ्कमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीहरूले गत जेठ मसान्तसम्ममा परिपक्व भएको साँवा ब्याज भुक्तानी लिन नआएको राष्ट्र बैंकले जनाएको छ ।
परिपक्व भएको सावाँ तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेका बचबतपत्र धनीले यथाशिघ्र भुक्तान लिन केन्द्रिय बैंकले अनुरोध गरेको हो ।