आज मौद्रिक नीति आउँदै

काठमाडौं । आज मौद्रिक नीति जारी हुने भएको छ । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति जारी लागेको हो ।
राष्ट्र बैंकका अनुसार मौद्रिक नीति जारी गर्न सबै तयारी पुरा भइसेको छ । नीति पारित गर्न संचालक समितिको बैठक पनि डाकिएको छ । बोर्ड बैठकले पारित गरेपछि जारी हुने राष्ट्र बैंकले जनाएको छ ।
यो पटक सेयर बजार, घरजग्गादेखि लगायतका क्षेत्रमा खुकुलो नीति लिने अनुमान गरिएको छ । यस्तै अटोमोबाइल लगायत समग्रमा अर्थतन्त्र चलायमान बनाउने गरि मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।