राष्ट्र बैंकले खारेज गरिदियो दुई मनी एक्स्चेन्जको लाइसेन्स « Arthapath.com
३१ श्रावण २०८१, बिहीबार

राष्ट्र बैंकले खारेज गरिदियो दुई मनी एक्स्चेन्जको लाइसेन्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी एक्स्चेन्ज कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स पाएका रेन्बो मनि एक्सचेञ्ज प्रा.लि. र कसा मनि एक्सचेञ्ज प्रा.लि. को लाइसेन्स रद्द भएको हो ।

नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप – विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो ।


प्रतिक्रिया दिनुहोस्