बैंकिङ्ग प्रणालीमा अधिक तरलता, आजै थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले सो बराबरको निक्षेप खिच्ने भएको हो ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् ।
राष्ट्र बैंकले १४ दिनका लागि उक्त निक्षेप उपकरण प्रयोग गर्न लागेको हो । बोलकबोल मार्फत नै ब्याजदर निर्धारण हुनेछ ।
सावा तथा ब्याज भुक्तानी आगामी असोज २३ गते हुने छ । बोल गर्न सकिने रकम भने घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरि कुल आव्हान रकमसम्म रहेको छ ।