बैंक कर्जाको माग बढ्ने राष्ट्र बैंकको « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

बैंक कर्जाको माग बढ्ने राष्ट्र बैंकको



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक कर्जाको माग बढ्न अनुमान गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत यस्तो अनुमान गरेको हो ।

भौतिक पूर्वाधार निर्माणमा गरिने खर्चले अर्थतन्त्रका अन्य क्षेत्रहरु चलायमान बनाउन उल्लेख्य सहयोग पुग्ने र त्यसबाट लगानीका लागि बैंक कर्जाको मागसमेत बढ्ने अनुमान गरेको हो ।

गत असोजमा आएको बाढी तथा पहिरोले ठुलो क्षति पुर्याएको छ । असोज ११ र १२ गते आएको अतिभारी वर्षा र बाढीबाट ४६ अर्ब आर्थिक क्षति भएको राष्ट्रिय विपद जोखिम तथा व्यवस्थापन प्राधिकरणको अनुमान छ ।

लगातारको वर्षाले ठुला–ठुला जलविद्युत परियोजना, सवारी साधान, घर, सडक तथा पसल लगायतका पूर्वाधारमा ठुलो क्षति पुर्याएको थियो ।

सरकारले सडकमार्ग लगायतका पूर्वाधारको मर्मत तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका लागि उल्लेख्य खर्च गर्नुपर्ने भएको छ । त्यसबाट सार्वजनिक वित्त व्यवस्थापनमा केही चाप पर्ने केन्द्रिय बैंकले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्