मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान « Arthapath.com
२२ असार २०८२, आईतबार

मुद्दति निक्षेपमा ४ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब बढी रकम लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा ४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले विभिन्न कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्न लागेको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । आगामी पुस २ गतेदेखि लागू हुनेगरी २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४० करोड लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५ करोड र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा १५ करोड रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।

राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी मंसिर २३ गते साँझ ७ बजेभित्र बोलकबोल पेश गर्नुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यता, केन्द्रिय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको १ अर्ब ३७ करोड रुपैयाँ पनि मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । आगामी पुस २ गतेदेखि लागू हुनेगरी २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् । सो रकममध्ये वाणिज्य बैंकमा १ अर्ब ९ करोड ६० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा २० करोड ५५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा पनि ६ करोड ८५ लाख रुपैयाँ लगानी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्