समस्याग्रस्त नेपाल सेयर मार्केट्सको व्यवस्थापन सम्हाल्न ४ जनाको आवेदन, कार्ययोजना प्रस्तुतिकरण कहिले ?

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन समूहका लागि ४ जनाको आवेदन स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले रितपूर्वक दरखास्त फाराम पेश गरेका चार जनाको आवेदन स्वीकृत गरेको हो । केन्द्रिय बैंकले प्रकाशन घिमिरे, कुमार अधिकारी, राम प्रताव यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत गरको हो ।
अब उनीहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण हुनेछ । त्यसका लागि चारै जनालाई फरक फरक मितिमा बोलाएको छ । त्यसपछि एक जना छनोट गर्नेछ ।
सो फाइनान्सको व्यवस्थापन समूहको सदस्य पद पदपूर्तिका लागि गर्न सिलसिलामा गत मंसिर १२ गते सूचना प्रकाशित गरेको थियो ।