शोधान्तर स्थिति २ खर्ब बढी बचतमा, चालु खाता पनि डेढ खर्ब बचतमा « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

शोधान्तर स्थिति २ खर्ब बढी बचतमा, चालु खाता पनि डेढ खर्ब बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शोधान्तर स्थिति २ खर्ब बढी बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि मंसिर मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही भने २ खर्ब १६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड बचतमा देखिन्छ । गत आवको सोही अवधिमा पनि १ खर्ब ४१ अर्ब ३ करोड बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड बचतमा थियो । तर, चालु खाता समीक्षा अवधिमा १ अर्ब ४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ९३ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्