२ अर्ब ५५ करोड रुपैयाँ निक्षपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान « Arthapath.com
२९ पुष २०८१, सोमबार

२ अर्ब ५५ करोड रुपैयाँ निक्षपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान



काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा २ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

आगामी माघ ६ गतेदेखि लागू हुनेगरी २०८२ माघ ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने भएको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३८ करोड २५ लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरु १२ करोड ७५ लाख निक्षेप जम्मा गर्ने जनाएको छ ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् । राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ २ गते साँझ ७ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्