भारतीय रुपैयाँ कारोबार गर्ने एक मनिचेञ्जर कम्पनीको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप एक मनिचेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिदिएको छ ।
भारतीय रुपैयाँको कारोबार गर्न अनुमति प्राप्त मनोकामना मनिचेञ्जर, विरगञ्ज पर्साको लाइसेन्स खारेज भएको हो ।
ऐन विपरित कार्य गरेपछि कम्पनीको लाइसेन्स खारेज भएको केन्द्रिय बैंकले जनाएको छ ।
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम लाइसेन्स रद्द भएको राष्ट्र बैंकले जनाएको छ ।
अब उप्रान्त उक्त कम्पनीसँग कुनै पनि कारोबार नगर्न र नगराउन सर्वासाधारणलाई राष्ट्र बैंकले अनुरोध गरेको छ ।