बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, बोलकबोल आजै « Arthapath.com
१० चैत्र २०८१, आईतवार

बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, बोलकबोल आजै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न उक्त रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।

आज आइतबार (चैत १०) गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति चैत्र ३१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्