बैंकिङ्ग प्रणालीमा अधिक तरलता, आज फेरि ५० अर्ब तान्दै केन्द्रिय बैंक « Arthapath.com
७ जेष्ठ २०८२, बुधबार

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, आज फेरि ५० अर्ब तान्दै केन्द्रिय बैंक



काठमाडौं । बुधवार नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् जेठ ७ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ २५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको जेठ २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्