पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नर पाैडेलले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व lपौडेलले पदभार ग्रहण गरेका छन् । पौडेल राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको वित्त नीतिलाई मौद्रिक नीतिका माध्यमबाट सहयोग गर्ने घोषणा गरे ।
उनले आफ्नो कार्यकालमा २ वटा कुरामा ध्यान दिने दिएर काम गर्ने बताए । ‘पहिलो सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा हुनेछ । दोस्रो– सुपरिवेक्षण क्षमता बढाउछु’ उनले भने ।
यस्तै उनले बैंकमा रहेको सर्वसाधारणको निक्षेप सुरक्षा गर्ने र राम्रो ल्याण्डीङ पोलिसीको प्रयोग भइरहेको छ कि छैन भनेर निरिक्षण गर्ने पनी उनले बताए ।
उनले भने, ‘पछिल्लो समय मौद्रिक नीतिप्रति अपेक्षा धेरै अवस्थामा पलिसी मेकिङ भनेको संवादमा आधारीत हुनुपर्छ भन्छु । हामीसँग स्टेकहोल्डरहरू छन् । त्यसैले सुरुमै मैले आफ्नो निर्णय गर्नु भन्दा पनि सबैसँग छलफल र सुझावका आधारमा मौद्रिक नीति तयार हुन्छ ।’
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । पदभारअगाडि उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएका थिए।
https://www.facebook.com/share/v/1FtwJECW2j
मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।