कायमै छ बैंकिङ्ग प्रणालीमा अधिक तरलताको चाप, आजै थप ८० अर्ब तान्दै केन्द्रिय बैंक « Arthapath.com
१६ जेष्ठ २०८२, शुक्रबार

कायमै छ बैंकिङ्ग प्रणालीमा अधिक तरलताको चाप, आजै थप ८० अर्ब तान्दै केन्द्रिय बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले ८० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् जेठ १४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

सावाँ तथा ब्याज भुक्तानी आगामी असार ४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।


प्रतिक्रिया दिनुहोस्