राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ? « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

राष्ट्र बैंकमा उच्चपदस्थहरूको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?



काठमाडौं । नेपाल राष्ट्र बैंकमा उच्च तहका कर्मचारीहरूको जिम्मेवारी फेरबदल भएको छ । मंगलबारदेखि लागू हुनेगरी केही प्रमुख पदमा सरुवा गरिएको छ ।

हालै कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घराज रावललाई बैंकको सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि मुद्रण विभागमा कार्यरत थिए ।

सुपरिवेक्षण विभागका पूर्व प्रमुख रामु पौडेललाई मुद्रण विभागको प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ ।
मुद्रण विभागका प्रमुख प्रदीपराज पौडेललाई सूचना तथा प्रविधि विभागको नेतृत्व सुम्पिएको छ ।


प्रतिक्रिया दिनुहोस्