आज फेरि थप ४० अर्ब तान्दै राष्ट्र बैंक « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

आज फेरि थप ४० अर्ब तान्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् जेठ २१ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।

बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार ११ गते तोकिएको छ । यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

79.-DC_NOtice-2082.02.21


प्रतिक्रिया दिनुहोस्