राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पण्डित « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक पण्डित



काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् ।

आजै अर्थात् जेठ २१ गतेदेखि लागू हुनेगरि केन्द्रिय बैंकमा प्रवक्ताको जिम्मेवारी पण्डितलाई दिइएको हो ।

उनी २०६२ सलामा बैंक प्रवेश गरेका थिए । हाल उनी भुक्तानी प्रणालीमा विभागमा कार्यरत थिए । सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीइ संस्था नियमन विभाग। वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखामा कार्य गरेको अनुवभन उनीसँग छ ।

यसअघि कार्यकारी निर्देशक रामू पौडेलले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । हाल बैंकको सहायक प्रवक्ता तथा सूचना अधिकारीको भूमिका भने सुमन न्यौपानेले निभाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्