वार्षिक मौद्रिक नीतिको तयारी जुट्यो राष्ट्र बैंक, सरोकारवालासँग माग्यो राय सुझाव « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

वार्षिक मौद्रिक नीतिको तयारी जुट्यो राष्ट्र बैंक, सरोकारवालासँग माग्यो राय सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेको छ । केन्द्रिय बैंक आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको हो ।

आगामी मौद्रिक नीतिका लागि केन्द्रिय बैंकले सरोकारवालासँग राय सुझाव मागेको छ । राष्ट्र बैंकले असार १० गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ ।

प्राप्त सुझावलाई समेत प्राथमिकतामा राखेर केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम केन्द्रिय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्