सोमबार थप ५८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा १६८

काठमाडौ । सोमबार देशभर थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज देशभर थप ५ सय ८१ जनामा कोरोना भाइरसे पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १५९ जना डिस्चार्ज भएका छन् ।भने कुल निको हुनेको संख्या १७ हजार ४९५ पुगेको छ ।
संक्रमितहरु मध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कोरोनाबाट मुत्यु हुनेको संख्या १०७ जना रहेका छन ।