निषेधाज्ञाको मोडेल चेन्ज, कार्यालय जाने समय तोकियो, बहिर निस्कदा माक्स अनिवार्य « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

निषेधाज्ञाको मोडेल चेन्ज, कार्यालय जाने समय तोकियो, बहिर निस्कदा माक्स अनिवार्य



काठमाडौं । विहिबारदेखी स्थानिय प्रशासनले १ साताको लागी निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाको मोडेल भने केही चेन्ज भएको छ । भोलीदेखी स्थानिय विहानको समयमा अत्यआवश्यक औषधी, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा निष्कदा माक्स अनिवार्य लगाउनुपर्ने छ । त्यसैगरी कार्यालय समयबाहेक कर्मचारी तथा निजी आवश्यकीय कार्यालय जाने समय पनि निधार्एरण गरिएको छ ।

स्थानिय प्रशासनले नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालयहरु, बैंक वित्तिय संस्थाका कर्मचारी भने विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म कार्यालय जान आउन पाउनेछन । अन्यथा प्रहरीले पक्राउ गर्नेछ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उपत्यका निषेधाज्ञाको केही मोडालिटि चेन्ज भएको छ । घर बाहिर निस्कदा माक्स अनिवार्य लगाउन निर्देशन गरिएको भट्टले बताए । त्यस्तै कार्यलय समयपनि निर्धारण गरिएको छ । तोकिएको कार्यालय समयमा कर्मचारीले संबन्धीत संस्थाको परिचयपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी स्थानिय प्रशासनले फलफुल तरकारी तथा खाद्यान्न पसल खुल्ने समय बढाईएकाे छ । अव विहान ९ बजेसम्म खुल्दै अाएकाे तरकारी खाद्यान्न पसल ११ बजेसम्म खुल्नेछ । त्यस्तै निर्माण कार्यलाई नराेक्ने पनि निर्णय भएकाे छ । निर्माणकार्य संवन्धी सामग्री पसल दिउसाे २ वजेदेखी वेलुकी ९ बजेस्म खाेल्न पाईनेछ । त्यस्तै हाेटलहरूले प्याकिङ खानेकुरा हाेमडेलिभरी गर्न पाईनेछ ।


प्रतिक्रिया दिनुहोस्