ओलीका ‘युवराज’ अझै शक्तिशाली, सिंहदरबारबाट आउट बालुवाटार इन « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

ओलीका ‘युवराज’ अझै शक्तिशाली, सिंहदरबारबाट आउट बालुवाटार इन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा राख्न नअटाएका अर्थमन्त्री डा. युवराज खतिवडालाई बालुवाटार भित्र्याउन लागेका छन । दुबै सदनको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउन नपाइने संविधानको व्यवस्थाअनुसार अर्थमन्त्री डा. खतिवडाले आजै राजिनामा दिन लागेका हुन ।

ओलीले सिंहदरवारबाट आउट भएका आफ्ना सारथीलाई बालु्वाटार इन गराउन लागेका छन । खतिवडालाई प्रम ओलीले मुख्य सल्लाहाकार बनाउन लागेका छन । अर्थमन्त्रालय आफैसँग राखेर मुख्य सल्लाहाकार खतिवडालाई हिडन अर्थमन्त्री बनाएर चलाउने दाउ प्रम ओलीको रहेको छ । ओलीले बुधबारको अर्का अध्यक्षसंगको भेटमा खतिवडाको स्पेसबारे जनाउ दिइसकेका छन ।

प्रधानमन्त्री ओलीले हाल मुख्य सल्लाहाकार रहेका विष्णु रिमाललाई हटाएर खतिवडालाई ल्याउन लागेका छन । रिमाल मुख्य सल्लाहाकारबाट पहिल्यै राजिनामा दिइसकेका व्यक्ति हुन । रिमाल विदा गराउन पार्टीकै बरिष्ठ नेताहरु लागिपरेका थिए । प्रधानमन्त्रीलाई कसैसंग भेट्न नदिने कटु आलोचक रिमाललाई हटाएपछि धेरै समस्याको समाधान हुने नेताहरुले बताएका छन । रिमालले यसअधिनै अमेरीकाको राजदुत मागेका थिए । रिमाललाई अमेरीकाको राजदुत बनाएर पठाउने तयारी ओलीले गरेका छन ।

ओलीले अहिलेको संकट टरेपछि खतिवडालाई पुन अर्थमन्त्रीमा ल्याउनेछन । सिंहदरवारमा अटाउन नसकेका खतिवडाप्रती ओलीको ठुलो भरोषा छ । प्रधानमन्त्रीलाई रिजाउन सक्ने खतिवडा पुन शक्तिशाली जिम्मेवारीमै रहनेमका कुनै दुविधा छैन । मन्त्री खतिवडाको मन्त्री पद भोलिबाट सकिँदैछ । आजै राजिनामा गराएर ७÷१० दिनपछि पुन अर्थमन्त्रीनै बनाउनेकी सल्लाहाकारको भुमिका दिने भन्नेबारेमा ओलीले मुख खोलेका छैनन ।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिए पनि उनी पुनः ६ महिने मन्त्री बनेका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त राष्ट्रिय सभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतम लैजाने पार्टीले निर्णय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्