२३ भाद्र २०७७, मंगलवार

अरुलाई खाने बाघले मलाई बचाउला भन्ने नसोच्न बैंकरलाई गभर्नर अधिकारीको आग्रह (अन्तर्क्रियामा के भने हेर्नुहोस पुर्णपाठ)



नेपाल राष्ट्र बैंकका २२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । विभिन्न बैंकीङ संस्थाका कर्मचारीमा पनि कोरोना देखिएको छ । कोरोनाको त्रासका बावजुत कार्यक्षेत्रमा खटिएर सेवा प्रवाह गर्नुभएकोमा बैंक वित्तियसंस्थलाई धन्यावाद दिन चाहन्छु । संक्रमित भएर समस्यामा परेकाप्रति दुःख ब्यक्त गर्न चाहन्छु ।

कोरोना भाईरसले विश्वको अर्थतन्त्रमा नै गिरावट आएको छ । विकसित देशहरुको अर्थतन्त्रमा समेत ठूलो अषर परेको छ । विकसित देशलाई असर परेपछि यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर कम विकसित देशमा पनि पर्ने स्वभाविक नै हो । अमेरिका, युरोप लगायतका देशहरुपनि अर्थतन्त्रमा गिरावट आएको छ ।

राज्यले बनाएका योजनाहरुलाई पुनरावलोकन र लक्ष्यहरुलाई परिमार्जन गर्नुपर्ने देखिएको छ । जसको फल स्वरुप समृद्धिको यात्रा राज्यले लिएको लक्ष्यमा प्रभाव परेको छ । यति हुँदा हुँदै पनि मुलुकका अधिकांश आधारभूत वा आर्थिक सूचकांकहरु सकारात्मक रहेका छन् । यसले गर्दा हामीलाई आगामी दिनमा सहज वातावरण छ ।

२०७६ चैत्र र २०७७ बैशाखमा रेमिट्यान्स आयातमा माशिक औसत कमी आएपनि जेष्ठ, अषाढ र साउनमा मासिक औषतमा ३० प्रतिसत रेमिट्यान्स आएको छ । निर्यातमा स्थिरता आएको छ । आयातमा कमि आएको छ । विदेशी मुद्राको सञ्चिती ऐतिहासिक बृद्धि आएको छ । सोधानान्तर स्थीतिमा सुधार आएको छ । विदेशी मुद्राको संचिती पनि प्रयाप्त छ ।

अहिले लकडाउनले बैंकहरुमा कर्जाको मागमा कमि आएको छ । क, ख र ग बर्गका भदौै २१ गतेको संस्थाको वित्तीय विवरण हेर्दा क बर्गको निक्षेप ३४ सय ९१ अर्व, ख बर्गको ३ सय ५७ अर्व र ग बर्गको ९० अर्व रहेको छ । क, ख र ग बर्ग सबैको हेर्ने हो भने ३ हजार ९ सय ३८ अर्वको निक्षेप रहेको छ । कर्जा क्रमश क, ख र ग को २८ सय ९४ अर्व, २८८ अर्व र ७३ अर्व गरि ३२ सय ५५ अर्वको कर्जा प्रवाह भएको छ ।

बैंकहरुको सिसिड ७२ प्रतिशत रहेको छ । नेट इक्युडेसन ३० प्रतिशत, पुँजी कोष १५ प्रतिसत, एनपीए १.८० प्रतिशत रहेको पाईन्छ । यो वित्तिय विवरण हाम्रो फाइनान्सियल स्टम राम्रो छ भन्ने जनाउँछ । हिजोको अवस्थामा साउथ एसियाको बैंकिङ स्टममा नेपालको उत्कृष्ठि रहेको थियो । कोभिडको १९ को वास्तविक असर परेको नै छ । कोभिड १९ को असर संकलन गरिसकेका छैनौ । असामन्य परिस्थितीमा पनि दवाव श्रृजना हुने स्थिती नहोस । सहज वातावरण गर्नका लागि हामी निरन्तर प्रयासमा छौँ ।

कतिपयले अहिले तरलतालाई समस्याको रुपमा लिएको पाएँ तर कतिपय बैंक र राष्ट्र बैंकका साथीहरुले सहज रुपमा लिएका छन ।। विगत केहि महिनादेखी २ खर्वको हाराहारीमा तरलता रहेको छ । केहि नीजि व्यावसायीलाई आफ्ना टार्गेटमा पुग्नुपर्ने छ । तरलताले आत्मबल बढाएको छ । मुलुकको आर्थिक अवस्था यस्तो हुँदा सारा तनावकाविच तरलता नहुँदा के हुनथ्यो होला ? तरलता अहिलेको अवस्थामा मेरुदण्ड नै भएको छ ।

समाजका टाँठाबाठाँहरुले अधिक तरलताको कुरा गरेर बैंकहरुलाई फसाउन वा ठगी गर्न सक्ने अवस्था आउँछ । यसमा सबै बैंकरहरु अत्यन्तै सजग रहन जरुरी छ । यो सबै तान्न खोज्ने साना बरोअर हुँदैनन् । ठगी ग्रुपले अधिक तरलतालाई फाइदामा लैजान सक्छन । ठगी ग्रुपहरुले कर्जाको दुरुपयोग गर्न थालिसकेका छन । ऋण लगेर उद्योगले उत्पादनै नगर्ने गिरोहहरु पनि सक्रिय छन ।

कर्जा खरिद विक्रीको विषयपनि छ । अरुलाई खाने बाघले मलाई बचाउला भन्ने आश कसैले नगर्दा हुन्छ । ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकले लिएको ब्यवस्था स्वयम आफैले गर्ने हो अरु कोहि आएर गर्दैन । यसमा सजग बन्नुहोला । कर्जाको दुरुपयोग हुनबाट बचाउने बैंकरहरुलेनै हो अरु आउनेवाला छैनन् ।

एकिकृत निर्देशिका उठेका केही प्रश्नहरु एडजष्ट गरे। रआफै साँझ अपलोड गर्ने प्रयासमा छौं । एकिकृत निर्देशीकामा केही ब्यक्तिगत कर्जामा लगाम राष्ट्र बैंकले लगाउने भएको छ । ब्यक्तिगत कर्जा तानातानको अवस्था रहेकाले केहि न केहि लगाम लगाउने छ । पुनकर्जाको स्वीकृत शुरु गरिसकेको छ ।

मौद्रिक नितीपछि सबैसंग कुरा गर्न पाएको पहिलो हो । यसमा म सबैलाई धन्यवाद दिन चाहन्छु । नयाँ पुनकर्जा कार्यविधी अनुसार टुरिज्म सेक्टरमा होटलको ईन्भेष्ट प्राप्त गसिकेका छौँ । ४ दर्जन आइसकेका छन् । असोज १४ भित्र राष्ट्र बैंकमा सबमिट गसिक्नुपर्ने छ । कोभिड १९ को पिडीतलाई ब्याजमा सहजता ल्याईएको छ ।

मौद्रिक नितीलाई बजारले देशको इकोनोमी र तपार्इँ बैंकरहरुले राम्ररी ग्रहण गरिदिनुभयो यसको लागी होल बैंकिङ क्षेत्र धन्यवादको पात्र छ । मौद्रिक नितीमा ल्याइएका कुराहरु हामीले कार्यन्वयन सुरु गरिसकेका छौं । यसका केही एडजष्टमेन्ट क्वाटली रुपमा गर्छौं । यसमा हामलिे केही सानातिना कुरा पुनरावलोकन गरिएको छ ।

एउटा महत्वपुर्ण संसोधन एउटा स्टेप व्यक्तीगत रुपमा लिइने आवधिक कर्जाहरुको व्याजलाई फिक्स राख्नेगरी एकिकृत निर्देशिकामा राख्देका छौं । कुनैपनि व्यक्तिले कुनै आवधीक कर्जा १ वर्षभन्दा बढी अवधीको कर्जा निष्चित मासिक किस्ता इएमआइको रुपमा कायम गरेर दिइएको छ भने त्यो किस्तामा कुनैपनि परिवर्तन नहुनेगरी व्याजदरलाई फिक्स गर्नेगरी एकिकृत निर्देशिकामा राख्देका छौं । यसमा ग्राहाकलाई अफसन दिएका छौं । व्यक्तिले लिने यस्ता कर्जाहरु चाहे हायर पर्चेच कर्जा होस या अटो लोन वा घर कर्जा अरु कर्जा हुन । यो १ वर्षभन्दा बढी अवधीको फिक्स किस्ता परिवर्तन नहुनेगरी यसअघि प्रवाह भएका कर्जाहरुमा ग्राहाकको हकमा पुरानै नियम लागु हुनेछ ।

अहिले देखिएको बैंकहरुमा व्यक्तिगत कर्जाहरुको तानातान छ त्यसमा केही न केही लगाम लगाइनेछ । यसको रिजल्ट हेरेर हाम िअरु स्टेपहरु पनि चाल्नेछौं । पुर्नकर्जाको सुरु भैसकेको छ । पहिलो पुर्नकर्जा पर्यटन क्षेत्रको होटल इण्डष्ट्रीले पाएको छ । पुर्नकर्जाको लागी ४ दर्जन एप्लिकेसन आइसकेको छ । ग्राहाक अजनुसारको पुर्नकर्जा सुरु भएको छ । अशोज १४ भित्र पुर्नकर्जाको लिष्ट सबै बैंकहरुसंग मागेका छौं । मौद्रिक नितीको पुर्नकर्जा संबन्धी कार्यविधी कार्यन्वयन सुरु भएको छ । असहज परिस्थीति भएपनि पुर्नकर्जाको लिष्ट उपलव्ध गराइदिनुहुन अनुरोध छ । पुर्नकर्जा संबन्धी क्लियर पानुपर्ने भए हामी तुरुन्तै गर्नेछौं तर कुनैपनि बैंक र शाखाले ग्राहाक अलमल्याउने काम नगरुन । कोभिड १९ बाट पिडितलाई केही न केही राहात हुनेगरी पुर्नकर्जा निती ल्याइएको छ ।

२ दिन अघि अर्थमन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका प्रधानमन्त्रीज्यूले व्यावसायीहरुसंगको छलफलमा उठेका केही बुँदा याहा राख्न चाहन्छु । सो छलफलमा व्यापारीहरुले उठाएका प्रश्नहरु पनि म राख्न चाहन्छु । उद्योगीहरुले बैंकहरुले पुर्नकर्जा दिन चाहँदैनन्, आवेदन नै लिएनन भन्ने गुनासाहरु छन । बैंकहरुको स्तरीय सेवालाई यस्ता कुराले कहीँ कतै समस्यामा नपारोस । बैंकका शाखामा भिड भएकोले सबै शाखा खोल्न व्यापारीले अनुरोध गरेका छन । ओर्किक क्यापिटल भएन भन्नुभएको छ । बैंकसंग तरलता प्रसस्त छ, लगानीको कुनै समस्या छैन भनेको छु । हामी सबै साथीहरुसंग बस्न सकेनौं । पहिलो त्रैमास रिभ्युको लागी सबैसंग संभव भए फिजिकल नभए भर्चुअल भएपनि बस्नेछौं ।

अन्त्यमा वित्तिय क्षेत्रमा यती ठुलो प्रकोप संकटको बेलामा पनि हामी खुसी छौं । यो खुसी कुन अर्थतमा भन्दा यस्तो लकडाउनको अवस्थामा पनि उद्योगहरुलाई बचाएर राख्न सक्यौं । पलाएन हुन लागेको उद्योगलाई जागै राख्यौं । निभ्न लागेको दियो जगायौं । कर्जा भुक्तीको समय थप गरेर वा पुर्नकर्जाको दिएर बचायौं । हामी यही मानेमा खुसी छौं । हामीले गर्ने सेवाले यी खुसीमा तुसारपात नलागोस । विद्युतीय कारोवारलाई पश्रय दिउँ ।

धन्यवाद


प्रतिक्रिया दिनुहोस्