झिनो अंकले भएपनि सेयर बजार बढ्यो, ३ अर्ब १३ करोड बढिको कारोबार « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

झिनो अंकले भएपनि सेयर बजार बढ्यो, ३ अर्ब १३ करोड बढिको कारोबार



काठमाडौं । सोमबार शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ मा पुगेको छ । नेप्से ०.२१ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.२८ अंकले बढेर ३०६.२४ मा पुगेको हो ।

कूल १९० वटा कम्पनीको ८६ लाख ३१ हजार ७ सय ४१ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड ४१ लाख ३५ हजार ९ सय ८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।


प्रतिक्रिया दिनुहोस्