बालुवाटार दाइना नहुँदा कुलमानको पुर्ननियुक्ति भएन, मंगलबारै विदाई « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

बालुवाटार दाइना नहुँदा कुलमानको पुर्ननियुक्ति भएन, मंगलबारै विदाई



काठमाडौं । सोमबारको मन्त्रीपरिषद बैठकले खाली रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुर्ननियुक्तिबारे धेरै चर्चा भए । बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहँदा घिसिङको पुर्ननियुक्तिको माग गर्दै आन्दोलननै भए ।

प्रधानमन्त्रीले इच्छा नदेखाएपछि घिसिङको पुर्ननियुक्ति भएन । घिसिङ आइतबारबाटै अफिस आएका छैनन् तर सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई पुर्ननियुक्ति गर्ने धेरैले अपेक्षा गरेका थिए ।

विद्युत प्राधिकरणमा राम्रो काम गरिरहेका व्यक्तिलाई नियुक्ति दिन दवाव सुरुभएपछि बालुवाटार पछि हटेको हो । उनलाई कानुनि अड्चन देखाएर नियुक्ति गर्नबार सरकार पछि हटेको छ । ४ वर्षे कार्यकाल पूरा गरी जनस्तरबाट समेत वाहवाही कमाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति हुन सकेन ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले कुलमान घिसिङको पुर्ननियुक्ती गर्न दवाव दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएनन । बजारमा अनावश्यक चर्चा गरेको भन्दै प्रधानमन्त्री दाइना नभएकपछि कुलमानको पुर्ननियुक्ति नभएको हो ।


प्रतिक्रिया दिनुहोस्