बूढीगण्डकी विद्युत् आयोजनाबाट प्रभावितलाई ३३ अर्ब ८० करोड मुआब्जा वितरण « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

बूढीगण्डकी विद्युत् आयोजनाबाट प्रभावितलाई ३३ अर्ब ८० करोड मुआब्जा वितरण



काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावितहरुलाई हालसम्म ३३ अर्व ८० करोड रुपैयाँ मुआब्जा वितरण गरेको जनाएको छ ।

बूढीगंगा जलविद्युत आयोजनाबाट धादिङ र गोरखाका साबिकका २७ गाविसका करिब ८ हजार घरधुरी प्रभावित हुने अध्ययन प्रतिवेदनले देखाएको छ ।

सरकारले २०७३ सालदेखि आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका जनतालाई मुआब्जा र क्षतिपूर्ति वितरण थालेको हो । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय ५३ रोपनी क्षेत्रफलमध्ये ४८ हजार रोपनीको मुआब्जा वितरणको काम सम्पन्न भएको छ ।

ऊर्जा मन्त्रालयका अनुसार मुआब्जाबापत हालसम्म ३३ अर्ब ८० करोड रुपैयाँ वितरण भएको छ । अझै १ हजार रोपनी क्षेत्रफलको मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्