लोकसेवालाई सर्वोच्चको आदेश : कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था बनाउनु « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

लोकसेवालाई सर्वोच्चको आदेश : कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था बनाउनु



काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको छ ।
साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्डको बुँदा नम्बर ८९१० को कार्यान्वयन नगर्न नगराउन पनी भनेको छ ।
उक्तm बुँदामा परीक्षार्थीले आफू कोभिड–१९ संक्रमित भए नभएको स्वयं घोषणा गर्नुपर्ने तथा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको छ ।

यस्तै परीक्षार्थी, परीक्षा लिने वा व्यवस्थापनमा संलग्न हुने सबैलाई सुरक्षित तरिकाले परीक्षा लिने र परीक्षा व्यवस्थापन गर्ने वातावरण बनाउन पनि सर्वोच्चले भनेको छ ।

साथै संक्रमितहरुलाई गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्