किन भयाे सचिवहरूकाे व्यापक सरूवा, काे कहाँ पुगे ? « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

किन भयाे सचिवहरूकाे व्यापक सरूवा, काे कहाँ पुगे ?



काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीले ३ नयाँमन्त्री थपेकै दिन सचिवहरूकाे व्यापक सरूवा गरेका छन । बिहीबार मन्त्रीपरिषद बैठक राखेर प्रधानमन्त्रीले सचिवहरूकाे सरूवा गरेका हुन ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाएकाे छ । खेलकुद सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन पुर्याईएका छन् ।

भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा पुगे भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमैै तानिएकाे छ ।

लाेक सेवा आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ ।

मन्त्रीपरिषद बैठकले सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासनकाे जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्रीले मन्त्रीहरूलाई काम गर्न र परिणाम देखाउन सहज हाेस भनेर सचिवहरूलाई व्यापक सरूवा गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्