कोरोनाको कारण माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित, पव्लिक डाइरेक्टरको चुनाव भएकाले सकिएन : सीईओ कोइराला « Arthapath.com
१ कार्तिक २०७७, शनिबार

कोरोनाको कारण माछापुच्छ्रे बैंकको साधारणसभा स्थगित, पव्लिक डाइरेक्टरको चुनाव भएकाले सकिएन : सीईओ कोइराला



क्यास डिभिडेन्ट भने नरोकिने
काठमाडौं । काठमाडौं लगायत देशभर कोरोनाको संक्रमण उच्च बढेको भन्दै माछापुच्छ्रे बैंकले यही कात्तिक ६ गते तोकेको वार्षिक साधारणसभा स्थागित गरेको छ । माछापुच्छ्रे बैंकको अशोज ३० गते बसेको संचालक समितिको बैठकले तोकिएको साधारणसभा नै रोक्ने निर्णय गरेको हो ।
बैंकका सीईओ सन्तोष कोइरालाका अनुसार ३ जना पव्लिक डाइरेक्टर छान्ने साधारणसभा भएकाले पनि कठिन भएको बताए । संचालक निर्वाचन गर्नुपर्ने एजिएम भएकाले चौतर्फी दवाव बढेपछि सभा स्थागित तरेको हो । बैंककले सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने संचालक निर्वाचनको भोली कात्तिक २ गते उम्मेदवारी मनोनयन रहेको थियो ।

गत आवको वित्तिय विवरण पास गरी पहिलो साधारणसभा गर्ने माछापुच्छ्रे बैंक बन्न लागेको थियो । माछापुच्छ्रेले सेयर होल्डरलाई ७ प्रतिसत बोनस सेयर र ३.३७ प्रतिसत क्यास डिभिडेन्ट दिने घोषणा गरेको थियो । ६ गते एजिएम गरेर दशैं अगाडीनै सेयरधनीको खातामा डिभिडेन्ट रकम बठाउने बैंककले तयारी गरेको थियो ।

संचालक निर्वाचन रहेकाले भर्चुअल गर्न संभव भएन, कोरोनाको संक्रमण बढेसंगै बाध्य भएर सभा स्थगित गर्नुपरेको सीईओ कोइरालाले बताए । बैंकले राष्ट्र बैंकसंग समन्वय गरेर क्यास डिभिडेन्ट भने बाँढ्ने तयारी गरेको सीईओ कोइरालाले बताए ।

बैंकको २२ औं बार्षिक साधारण सभा कात्तिक ६ गते गर्ने तयारी गरेको थियो । सो सभा कोरोना फैलनसक्ने संभावनालाई मध्यनजर गर्दे स्थगितगर्ने निर्णय गरेको छ । आसन्न चाडपर्वको कारण शेयरधनीहरुलाई साधारण सभामा भागलिन कठिनाई हुने भन्दै सभा स्थगित गर्ने निर्णय गरेको छ । परिस्थितीलाई ध्यानमा राखी उक्त साधारणसभा हाललाई स्थगितगर्ने निर्णय गरिएको हो । बैंकको साधारणसभा यही कार्तिक ६ गते बिहीबार होटेल पोखरा ग्राण्ड पोखरामा गर्ने तय गरेको थियो ।

बैंकको साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई २४,१०,८०,६६०.२५ (अर्थात चुक्ता पूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ ।

बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६÷७७ को मुनाफाबाट २८,५०,६४,७४४.०० (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ५९,४६,१६,९३१.०० (अर्थात चुक्ता पूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्