शनिबार देशभर ३१६७ जनामा देखियाे काेराेना, १२ जनाकाे मृत्यु « Arthapath.com
१ कार्तिक २०७७, शनिबार

शनिबार देशभर ३१६७ जनामा देखियाे काेराेना, १२ जनाकाे मृत्यु



काठमाडाैं । शनिबार देशभर ३ हजनर १ सय ६७ जनामा काेराेना भाईरस पुष्टी भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

शनिवारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा अाज अयाेजित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार शनिबार १८०० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म नेपालमा काेराेेेेना जितेर डिस्चार्ज हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएकोमा ३१६७ जनामा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ रहेको छ । शनिबार १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्