मेलम्चीको काउन्टर ग्यारेन्टीको पैसा ८ वर्षपछि भुक्तानी पाउने भए हिमालयन र बैंक अफ काठमाण्डूले « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

मेलम्चीको काउन्टर ग्यारेन्टीको पैसा ८ वर्षपछि भुक्तानी पाउने भए हिमालयन र बैंक अफ काठमाण्डूले



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बसेबापतको पैसा नेपाली बैंकले ८ वर्षदेखी लगातार मुद्धा लड्नुपर्यो । यी दुई बैंकले ८ लगातार ८ वर्ष मुद्धा लड्दा लड्दा बल्ल पैसा फिर्ता पाउने भएका छन ।

८ वर्षपछि दुई बैंकको फसेको पैसाउ आउन लागेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए । यी दुई बैंकको डेढ अर्व रुपैयाँ चिनियाँ ठेकेदारको बेइमानीका कारण उठ्न सकेको थिएन ।

गत पुषमा नै चिनिया अदातलमा फैसल्ला हुनै भन्दै दुई बैंकका कर्मचारीलाई छापसहित प्रतिनिधि बोलाइएको थियो । फेब्रवरी १५ मा नै अदातलते नेपाली बैंकहरुलाई आफ्नो प्रमाण पेश गर्नै आग्रह गरेपछि बैंकका प्रतिनिधी पठाएको हिमालयन बैंकका सीईओ अशोक राणाले बताएका थिए ।

कती थियो रकम ?
मेलम्ची खानेपानी आयोजना बनाउने ठेक्का पाएको चाइनिज कन्ट्याक्टरले काम विचैमा छाडेर हिँडेपछी ग्यारेन्टी बसेका बैंकहरुको रकम फसेको थियो । बैंक अफ काठमाण्डूले करिव ९० करोड नेपाली रकम फिर्ता पाउने बेंक अफ काठमाण्डुका सीईओ शोभनदेव पन्तले भने । व्याज हर्जानासहित हामीले डेढ् अर्व क्लेम गरेर आजै पठाउँछौं । पन्तले अर्थपथसंग भने । उता हिमालयन बैंकले ६६ करोड फिर्ता पाउने छ ।


प्रतिक्रिया दिनुहोस्